ब्रेकिङ स्टोरी

दोलखामा गंगालाई पछि पारे सिवाकोटीले, १६८३ मतको अग्रता

By खबरहब

December 04, 2022

दोलखा – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दोलखामा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३७ हजार २२० मतगणना हुँदा एमालेका बालकृष्ण सिवाकोटीले १६ हजार ६२० मत प्राप्त गरेका छन् । उनीहरुबीच एक हजार ६८३ मतान्तर छ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले १४ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

दोलखाको प्रदेशसभा–१ मा गठबन्धन अगाडि देखिएको छ भने २ मा एमाले अगाडि छ । प्रदेशसभा–१ मा ३० हजार ७४९ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १५ हजार सात सय ४१ मत तथा एमालेका नरबहादुर श्रेष्ठले ११ हजार ७४९ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा–२ मा ३९ हजार ३५ मतगणना हुँदा एमालेका भरत केसीले १८ हजार १५ मत ल्याएर अग्रता लिएको छ भने कांग्रेसका बर्मा लामाले १६ हजार ४४१ मतका साथ पछ्याइरहेका छन्।

दोलखामा कुल ८५ हजार तीन सय ८८ मत खसेको थियो ।