अपराध

माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ

By खबरहब

December 04, 2022

काठमाडौं – घाँटी रेटेर बीभत्स हत्या गरिएकी बैतडीकी माया लुहारको हत्या आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई आइतबार महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वम्यादी प्रहरीसमेत रहेकी २१ वर्षीया मायाको हत्या आरोपमा शिवनाथ गाउँपालिका-४ का कोलीलाई पक्राउ गरिएको हो । पक्राउसँगै उनलाई अनुसन्धानका लागि बैतडी प्रहरीलाई बुझाइने भएको छ ।

कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत छन् ।