फाइल फोटो

आर्थिक

सुनको मूल्य ४०० रुपैयाँले बढ्यो, चाँदीको कति?

By खबरहब

December 04, 2022

काठमाडौं – नेपाल सुनचाँदी व्यवसाय महासघंले आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जनाएको छ ।

जसअनुसार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ । गत शुक्रबार  सुनको मूल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ थियो ।

यसैगरी, आइतबार २५ रुपैयाँले बढेको चाँदीको मूल्य एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।