राजनीति

दोलखामा एमालेका बालकृष्ण शिवाकोटीको अग्रता कायमै

By खबरहब

December 04, 2022

काठमाडौँ- दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन् ।

हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उनले १९ हजार सात सय ४४ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले १८ हजार तीन सय ८५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।