देश/प्रदेश

‘कनेक्टिङ जर्नी’ मा राजेश हमालसहित २ सय जनाको सहभागिता रहने

By खबरहब

December 04, 2022

काठमाडौँ- स्पार्क एड्भेन्चर प्रालिको अयोजनामा हुन लागेको ‘कनेक्टिङ जर्नी’ अभियानमा अभिनेता राजेश हमालसहित २ सय जनाको सहभागिता रहने भएको छ ।

लमजुङको भुजुङ होमस्टे र हनी हन्टिङ यात्राका लागि राजेश हमालसहित, वरिष्ठ रङ्गकर्मी सुनिल पोख्रेल, तेक्वान्दो खेलाडी दीपक बिष्ट, क्याप्टेन विजय लामा, गायक रामकृष्ण ढकाललगायत २ सय जनाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

‘विदेशी पर्यटकको रोजाइमा रहेका गन्तव्यमा नेपालीलाई पुर्‍याउने र नेपालको ग्रामीण अर्थतन्त्रलाई सहरसँग जोड्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको यस अभियान मंसिर २२ बाट सुरु हुने आयोजकले जनाएको छ ।

तीन दिनको यात्राका क्रममा भ्रमण टोली लमजुङको बेंसीशहर हुँदै भुजुङ गाउँ र त्यहाँबाट हनीहन्टिङ जंगल पुगेर काठमाडौँ फर्किनेछ ।