तस्वीर- स्क्रोल

अन्तर्राष्ट्रिय

पश्चिम बङ्गालमा बम विस्फोट हुँदा त्रिणमूल कंग्रेसका नेतासहित ३ जनाको मृत्यु

By खबरहब

December 04, 2022

काठमाडौँ- भारतको पश्चिम बङ्गाल राज्यमा शनिबार राति बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । बम विस्फोटमा परी ज्यान गुमाउनेमा पश्चिम बङ्गालमा प्रभावशाली मानिने त्रिणमूल कंग्रेसका नेता राजकुमार मन्ना पनि परेको जनाइएको छ ।

उनको घरमा नै बम विस्फोट गराइएको भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् । राज्यको मेदिनपुर जिल्लास्थित भूपतिनगरमा रहेको मन्नाको घरमा बम विस्फोट भएको हो ।

सो विस्फोटमा परेर उनीबाहेक अरु दुई जनाको पनि ज्यान गएको बताइएको छ । मारिएका अरु दुई जनामध्ये एक जना मन्नाका भाई र अर्का एक जना सो पार्टीका कार्यकर्ता छन् ।

बम विस्फोटबाट मन्नाको घर जलेर पूर्ण रुपमा ध्वस्त भएको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीले उक्त घटनाबारे अनुसन्धान थालेको जनाएको छ । यद्यपि उक्त विस्फोट र हत्याको कारण र उद्देश्य अहिले नै स्पष्ट नभएको प्रहरीले जनाएको छ ।