राजनीति

दोलखामा पुनः माओवादी केन्द्रका गंगा कार्कीको अग्रता

By खबरहब

December 04, 2022

काठमाडौँ- दोलखामा पछिल्लो मतपरिणाम अनुसार पुनः गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् ।

कार्कीले २२ हजार ८१६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २२ हजार ४११ मत प्राप्त गरेका छन् ।

कार्की र शिवाकोटी बीचको मतअन्तर अहिले ४०५ रहेको छ ।