फाइल तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले मार्चमा भारतको भ्रमण गर्ने

By खबरहब

December 04, 2022

काठमाडौँ– अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आगामी वर्षको मार्च महिनामा भारतको भ्रमण गर्ने भएका छन् । अष्ट्रेलियाका सञ्चारमाध्यमले जनाएअनुसार प्रधानमन्त्री अल्बानिजले भारत-अष्ट्रेलिया आर्थिक सहकार्य तथा व्यापार सम्झौता गर्न आगामी मार्च महिनामा भारतको भ्रमण गर्न लागेका हुन् ।

उनको भ्रमणदलमा अष्ट्रेलियाका व्यापारिक प्रतिनिधिहरुको पनि सहभागिता रहने बताइएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार अल्बानिजको भारत भ्रमणले दुई मुलुकको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।

हिन्द प्रशान्त क्षेत्रमा चीनले प्रभाव विस्तर गरिरहेका बेला अल्बानिजले भारतको भ्रमण गर्न लागेको जनाइएको छ । पछिल्लो समय चीनसँग भारत र अष्ट्रेलियाको सम्बन्धमा तिक्तता उत्पन्न भइरहेका बेला अष्ट्रेलियाका प्रधानमन्त्रीले भारतको भ्रमण गर्ने घोषणालाई निकै चासोपूर्वक हेरिएको छ ।