राजनीति

शेखर समूहको बैठक बस्दै

By खबरहब

January 05, 2022

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरूको बैठक बोलाएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित नेता कोइरालाले आफूनिकटलाई छलफलका लागि बोलाएका हुन्।

महाधिवेशनको विस्तृत रूपमा समीक्षा गर्न कोइरालाले आफ्नो प्यानलबाट पदाधिकारी तथा केन्द्रीय सदस्यमा चुनाव लडेकालगायतका नेताहरूलाई बोलाएको कोइरालाको सचिवालयले जनाएको छ।

बैठक सिंहदरबारअगाडि बसेरा होटलमा दिउँसो २ बजे सुरु हुनेछ। आजको बैठकको तयारी भन्दै उनीहरु मंगलबार पनि छलफलमा जुटेका थिए।

सभापति देउवा एकलौटी हिसावले अघि बढेको र ४० प्रतिशत मत ल्याएका कोइरालालाई शक्तिका रूपमा स्वीकार गर्न नखोजेको संकेत देखिएकोले छलफल गर्नुपर्ने अवस्थामा आफूहरू पुगेको कोइराला पक्षका नेताहरूले बताएका छन्।

उनीहरुले वरिष्ठ नेता रामचन्द्र पौडेल तथस्ट बस्ने भने पनि देउवाको सहयोगी बनेको टिप्पणी गरेका छन् ।