मनोरञ्जन

रियासाको फिल्म सपना

By कुबेर डंगोल

February 05, 2022

काठमाडौं– काठमाडौंकी रैथाने रियासा दाहाल ‘कलेजेज नेपाल’ नामक युट्युब च्यानलबाट उदाएकी प्रतिभा हुन् । समसामयिक विषयमा भिडियो बनाउने यो च्यानलमा जिवेश गुरुङसँगको उनको सहकार्यलाई दर्शकले निकै रुचाएका थिए ।

व्यवस्थापन विषयमा स्नातक उनले दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् । अभिनेत्री बन्ने लक्ष्य नराखेकी रियासा सुहाउँदो भूमिकाको प्रस्ताव आए फिल्ममा अभिनय गर्ने सोचमा छिन् । रियासाले वेब सिरिज ‘गाह्रो छ हो मलाई’मा पनि अभिनय गरेकी छन् ।

रियासा पछिल्लो समय एकपछि अर्को गर्दै म्यूजिक भिडियोमा व्यस्त हुन थालेकी छन् । रियासाले गायिका आस्था राउतको ‘कम्पनी माला’, सरोज ओली र मेलिना राईको ‘ए है माया’ लगायतका भिडियोमा अभिनय गरेकी छन् ।