खेलकुद

कूटनीतिक बहिस्कारबीच बेइजिङमा विन्टर ओलम्पिक सुरु

By खबरहब

February 05, 2022

काठमाडौं – शुक्रबार राति चीनको बेइजिङमा विन्टर ओलम्पिक उद्घाटन भएको छ। शुक्रबार बेइजिङस्थित न्याओछाओ स्टेडियममा ओलम्पिकको उद्घाटन राष्ट्रपति सी चिनफिङले गरेका हुन्।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडसँग सम्बन्धित प्रतिबन्ध र कूटनीतिक बहिस्कारबीच ओलम्पिक सुरु भएको हो।

महामारीको समय भएको भन्दै यो प्रतियोगितामा अमेरिका, भारतसहित केही देशले असन्तुष्टि राखेका छन्। उनीहरुले असन्तुष्टि राख्दै उद्घाटन समारोहलाई कूटनीतिक बहिस्कार गरेका छन्।

ओलम्पिकमा ९० देशबाट १५ खेलका लागि करिब ३ हजार खेलाडी सहभागी हुँदैछन्। तस्बिरः अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी