सांकेतिक तस्बिर

देश/प्रदेश

बेहुली लिएर फर्कँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

By खबरहब

February 05, 2022

प्युठान – प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सत्यनारायण थापाका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । बेहुलासहित सात जना घाइते भएका छन् ।

जीप खोल्सामा खसेको थियो । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको थापाले बताए ।