पर्वतारोहण

हिमनदी बन्न दुई हजार वर्ष, पग्लिन २५ वर्ष !

By एकराज बास्तोला

February 05, 2022

काठमाडौं – सगरमाथाको अग्लो स्थानमा रहेको हिमनदी पग्लिने क्रम डरलाग्दो गतिमा भइरहेको एक अध्ययनले देखाएको छ।

मेन युनिभर्सिटीका छ जनासहित वैज्ञानिक र पर्वतारोहीको टोलीले २०१९ मा सगरमाथामा अवस्थित हिमनदीको भ्रमण गरी १० मिटर लामो (लगभग ३२ फिट) आइसकोर (बरफको मुख्य भाग) बाट नमूनाहरू संकलन गरेको थियो। उक्त अध्ययन जर्नल क्लाइमेट एन्ड एटमोस्फेरिक साइन्समा प्रकाशित भएको छ।

उक्त अध्ययन अनुसार जम्मा हुन दशकौं लाग्ने बरफ प्रत्येक वर्ष पग्लिरहेको छ, जसले पर्वतारोही र पिउने पानी र सिंचाइका लागि हिमनदीमा निर्भर हुनेहरूलाई खतरामा पारेको छ।

जलवायु परिवर्तनका असरहरूबारे अध्ययनहरू सामान्य भएता पनि विश्वका अग्लो स्थानमा रहेका हिमाली हिमनदीहरू पग्लने विषयमा थोरै अध्ययन भएका छन्।

नेपालको ‘साउथ कोल’ हिमनदीले गएको २५ वर्षमा १८० फिट मोटाई गुमाएको छ- जसको मतलब यी हिमनदीहरु ८० गुणा छिटो पग्लिरहेको छ। यी हिमनदी माथिल्लो तह बन्न दुई हजार वर्ष लाग्ने गरेको छ। अध्ययन टोलीले न्यानो हावाको तापक्रम, आद्रताको कमी र तीव्र हावाकारण हिमनदीहरु पग्लिरहेको बताए।

अनुसन्धानले २५ वर्षमा बरफ पग्लिदा लगभग ५५ मिटर (१८० मिटर) पग्लिने गरेको छ। हिमनदीका बरफ पग्लिनेक्रम सन् १९५० मा सुरु भए पनि यसको गति १९९० को दशकको अन्त्यमा विस्तार भएको छ। बरफमा यो रूपान्तरणको अर्थ हिमनदीले अब सूर्यबाट विकिरण प्रतिबिम्बित गर्न सक्दैन, यसको पग्लन अझ छिटो बनाउँछ।

जलवायु परिवर्तनको प्रभाव विश्वको सबैभन्दा अग्लो हिमालको चुचुरोमा मात्र पुगेको छैन् । पछिल्लो दुई दशकमा सगरमाथाको परिदृश्यमा उल्लेखनीय रूपमा परिवर्तन भएको छ ।

सौर्य विकिरणको चरम जोखिमको कारणले हिउँको आवरण बरफमा परिणत भएपछि यस क्षेत्रमा पग्लने वा वाष्पिकरण कारकले २० गुणा गति लिनसक्छ। त्यस्तै, हिमनदी पग्लिने अरु कारण सापेक्षिक आद्रताको स्तरमा कमी र बलियो हावा पनि हो।

हिमाल आरोही जाङ्वो शेर्पाका अनुसार, हिउँको परिमाणमा मात्र होइन, हिउँको गुणस्तरमा पनि कमी आएको छ। पहिला कपास जस्तै हुने सेतो हिउँ अहिले कालो देखिन्छ प्रदूषणको कारणले। सेतो हिउँले सूर्यको तापलाई प्रतिबिम्बित गर्दथ्यो भने यस्तो कालो हिउँले ताप सोस्ने गर्छ जसले गर्दा हिउँ पग्लनेक्रम बढ्न थालेको छ। हिम शृङ्खला घटेमा समस्त पारिस्थितिक प्रणालीमा असर गर्ने निश्चित नै छ। साथै हजारौं, लाखौं मानिसलाई दैनिक रुपमा चाहिने पानीको मात्रामा फेरबदल हुने गरेको छ।

यसको कारणले हिमनदीबाट पानीमा निर्भर हुनेहरूलाई धेरै प्रभाव पार्नुको साथै पग्लने वर्तमान दरले सगरमाथाको आरोहण पनि अझ चुनौतीपूर्ण बनाउनेछ, किनकि आगामी दशकमा हिउँ र बरफको आवरण अझ पातलो हुनेछ। अध्ययनले देखाएको छ।

रातो चिन्हमा साउथ कोल (८२२० मिटर) हिमनदीको बरफको मुख्य भाग र पहेँलो चिन्हमा बाल्कोनी (८४३० मिटर) मा अवस्थित स्वचालित मौसम स्टेशन । तस्बिरः मारिउज पोटोकी।

सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जम्मा भएको हिउँ र बरफको बाक्लोपन विस्तारै घट्दै गएको बताए। हरेक वर्ष हिउँको स्तर घट्दै गएको छ। जलवायु परिर्वतनका कारण हिमनदी तालमा बरफको मात्रा घटिरहेको छ। सगरमाथा आधार शिविर र उच्च उचाईमा ५० भन्दा बढी हिमनदी ताल छन्।

जलवायु परिवर्तनका प्रभाव विश्वको सबैभन्दा अग्लो हिमालको चुचुरोमा मात्र पुगेका छैन्, पछिल्लो दुई दशकमा सगरमाथाको परिदृश्य उल्लेखनीय रूपमा परिवर्तन भएको ‘साउथ कोल’ बाट लिइएको आइसकोर तथा मौसम स्टेशन र उपग्रहबाट प्राप्त तस्बिरको आधारमा अनुसन्धानकर्ताले पत्ता लगाएका छन्।

महत्वपूर्ण रूपमा, साउथ कोल हिमनदीमा भएको हिउँको बनोट गुमाएको छ। हिमनदीको कडा बरफमा हिउँको बाक्लो आवरण – जसले पग्लने क्रमको गति लिइरहेको छ।

यो परिवर्तनले उच्चतम हिमनदीहरूमा जलवायु परिवर्तनबाट प्रभावित छन् कि छैनन् भन्ने प्रश्नहरूको जवाफ दिन्छ, आरोहण प्रमुख तथा मेन विश्वविद्यालय अन्र्तगत जलवायु परिवर्तन संस्थाका निर्देशक, पल मेवेस्कीले विज्ञप्ति जारी गर्दै उक्त कुरा उल्लेख गरेका हुन्।

अनुसन्धानकर्ताले हिमनदी पग्लेर आगामी दशकमा चट्टान देखिन सक्ने पनि सचेत गराएका छन्। जसले गर्दा सगरमाथा आरोहण गर्न झन् कठिन तथा खतरनाक पनि हुने प्रक्षेपण गरेका छन्।

‘जलवायु परिवर्तनले हिमालको तापक्रम बढिरहेको र निरन्तर हिमनदीको मात्रामा ह्रास हुनुको साथै सगरमाथाको चुचुरोलाई पनि असर गरेको छ’, अनुसन्धानमा सलग्न ग्लेशियोकेमिस्ट मारियस पोटोकीले भने।

सगरमाथा पग्लिरहेको तथ्य आफैंमा कुनै नयाँ कुरा होइन। वास्तवमा, विश्वभरका हिमालय हिमनदीको बारेमा अध्ययन भइरहे पनि सगरमाथाको मौसम, जलवायु परिवर्तनको असर र यसको उच्चतम उचाईमा रहेको हिमनदीको अवस्थाको बारेमा खासै अध्ययन भएको छैन्।

‘वास्तवमा, ग्लोबल वार्मिङका कारण सगरमाथा आरोहण गर्न गाह्रो भएको छ,’ ८ हजार मिटरभन्दा अग्ला १४ चुचुरो आरोहण गर्ने मिङ्मा डेभिड शेर्पाले भने, ‘ग्लोबल वार्मिङका कारण खुम्बु आइसफल छिटो पग्लिरहेको छ।’ दुर्भाग्यवश, सन् १९५३ मा सगरमाथा आरोहण गर्ने पहिलो सफल प्रयासदेखि फोहोर जम्मा हुन थालेको हो। हिमालमा फोहोर फाल्ने आरोही नै हुन्।

‘सगरमाथाको अवस्था राम्रो छैन । यो हाम्रो गल्ती हो’, पल मेवेस्की भने, ‘पृथ्वीमा सबैभन्दा अग्ला हिमनदी मानवद्वारा निर्मित जलवायु परिवर्तनबाट प्रभावित छन् कि छैनन भन्ने अध्ययन गर्नु नै हाम्रो मुख्य अभियान हो ।’

सगरमाथामा फोहोरको रुपमा मृत शरीरहरू, खानाका डब्बाहरु, क्यान, अक्सिजन सिलिन्डर, खाना पकाउने ग्यास, पाल, मानव मलमुत्र लगायतका समावेश छन्। सगरमाथा अझै टाढाबाट राम्रो देखिए पनि यहाँ जम्मा भएको फोहोर कारण आरोहीलाई कम आकर्षक बन्दै गएको छ।

३० टन फोहोर सगरमाथा आरोहण संघका अनुसार हालैका वर्षहरूमा सगरमाथाबाट लगभग ११ टन फोहोर उठाइएको भए पनि अझै पनि पहाडमा करिब ३० टन फोहोर बाँकी छ।

साउथ कोल, वा क्याम्प ४, जुन आठ हजार मिटर (२६,२४० फिट) मा सगरमाथा उच्चतम शिविर हो। जहाँ यति धेरै फोहोर छन् जसमा अक्सिजन सिलिन्डर, खाना प्याकेजिङ, डोरी, पालहरू फोहोरको डंगुर छ। त्यो उचाइमा उच्च हावाले पाल र फोहोर जताततै छराएको छ।

‘सगरमाथाको अवस्था राम्रो छैन, र यो हाम्रो गल्ती हो’, पल मेवेस्की भने, ‘यस पृथ्वीमा सबैभन्दा अग्लो हिमनदीहरू मानवद्वारा निर्मित जलवायु परिवर्तनबाट प्रभावित छन् कि छैनन भन्ने अध्ययन गर्नु नै हाम्रो मुख्य अभियान हो’, मेवेस्कीले विज्ञप्तिमा भनेका छन्, ‘सगरमाथामा १९९० को दशकपछि धेरै परिवर्तन भएको छ।’

आठ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरो आरोहण गर्ने तेस्रो नेपाली सानु शेर्पा हुन्। उनलाई हिउँको मात्र घट्दा पीडा हुन्छ। ‘हिमालमा हिउँको मात्रा घट्दै जाँदा यसमा मुख्य पीडित शेर्पा हुन्’, उनले भने, ‘जो हिमालमा आश्रित छन्।’ यसपछि विश्वका विभिन्न भागमा बसोबास गर्ने अन्य समुदायको भाग्यको बारेमा सोच्न बाध्य हुनु पर्ने अवस्था आएकोछ।’उनको नजरमा ग्लोबल वार्मिङका कारण अत्याधिक गर्मीले हिमालमा आश्रित धेरै मानिसको जीवन कष्टकर बन्ने देखिन्छ।

सगरमाथामा केही प्रमुख प्रभाव परिरहेको छ। सगरमाथा आरोहणको लागि सगरमाथा मात्र देख्ने मानिसका लागि हालको परिवर्तनले नराम्रो खबर दिन सक्छ।

८०२० मिटरको उचाइमा अहिलेसम्मकै सबैभन्दा अग्लो बरफको मुख्य भाग ड्रिल गर्दै मारिउज पोटोकी र शेर्पा टोली। फोटोः डर्क कोलिन्सर/नेसनल जियोग्राफिक

मेवेस्की र उनका सह–लेखक मारिउज पोटोकीले बताए अनुसार, हिमनदीको तीव्र गिरावटले त्यहाँ कम हिउँ र बरफ चढ्नको लागि देख्न सकिन्छ। यसको सट्टा, पर्वतारोही चट्टानसँग आमनेसामने हुनेछन् जुन उनीहरूले पार गर्नुपर्नेछ।

उत्तरी (तिब्बत) बाट १० पटक र दक्षिणी (नेपाल) बाट ६ पटक सगरमाथा आरोहण गरेका ल्हाक्पा गेल्बु शेर्पाले भने, ‘तिब्बत तर्फ क्याम्प २ सम्म हिउँको थुप्रो छ। क्याम्प २ पछि, तपाईंले सायद बरफ फेला पार्नुहुनेछ र कालो चट्टानमा हिँड्नुपर्छ। नेपालतर्फ पनि हरेक वर्ष हिउँको तह घट्दै गइरहेको छ। शिविर (क्याप) ४ बाट, तपाईंले चट्टान फेला पार्नुहुन्छ’, शेर्पाले खबरहबसँग भने।

हिमाली हिमनदीहरू पानीको महत्वपूर्ण स्रोत हुन्। वास्तवमा, धेरै मानिस ताजा पानीको लागि हिमाली हिमनदीमा निर्भर छन्। १ अर्बभन्दा बढी मानिस ताजा पानीको लागि सगरमाथा हिमनदी जस्ता हिमालय पर्वतमा निर्भर छन्। त्यो विश्वव्यापी जनसंख्याको लगभग १२.८ प्रतिशत हो।

उत्तरी अमेरिका वा युरोपको सम्पूर्ण जनसंख्या भन्दा धेरै मानिसहरू पानीको लागि हिमालय पर्वतका हिमनदीमा निर्भर छन्।

यदि साउथ कोल हिमनदी घट्दै गएको छ भने, यसले अन्ततः पानीको लागि यसमा भर परेका सबै मानिसको लागि समस्या निम्त्याउन सक्छ। यो अन्य पहाडी हिमनदीहरूको लागि पनि जान्छ।

‘सगरमाथाको उच्चतम हिमनदीको अवस्थाले मानव निर्मित जलवायु परिवर्तनले पृथ्वीको छाना (सगरमाथा) पनि प्रभावित भएको देखाएको छ’, अध्ययनले उल्लेख गरेको छ।

(सीएनएन, नेचर, जेरुसेलम पोष्ट र एन्जेन्सीको सहयोगमा)