टिप्स

पेटको परम मित्र पुदिना

By खबरहब

February 05, 2022

पुदिना एक अत्यन्त सुगन्धित र सर्वप्रिय मसला हो । यसमा हुने एक प्रकारको मधुर सुगन्धयुक्त तैलीय सत्वबाट पिपरमेन्ट पनि बन्दछ ।

सबैले अनुभव गरेको कुरा हो कि पुदिनाले गर्मी मौसममा निकै उपयोगी मसलाको काम गर्दछ । यसले गर्मीबाट उत्पन्न रोगहरुबाट बचाउनुका साथै पेटमा शीतलता र सुरुचि प्रदान गर्दछ ।

यसको प्रयोग खाना, पेयपदार्थ, चटपटे आइटम तथा मुखशुद्धिका लागि समेत गरिन्छ । आयुर्वेदिक मान्यताअनुसार ‘लु’को प्रकोपमा, टाउको दुखेको बेला, शिरमा गर्मी चढेको बेला पुदिना मिश्रित चिसो (एक प्रकारको सर्वत) पेय बनाई खुवाउने गरे तुरुन्त बिसेक हुन्छ ।

– हैजा नियन्त्रण गर्न पुदिना अति उपयोगी औषधी हो । – मुटुको कमजोरी, न्यून रक्तचाप, श्वासप्रश्वाससम्बन्धी रोग तथा बाडुलीको समस्यामा पुदिनाको सेवन अत्यन्त लाभकारी हुन्छ । – मुखभित्र घाउ हुँदा र गिजा दुख्दा पुदिनाको पात पानीमा उमालेर कुल्ला गर्ने हो भने निकै राहत मिल्छ । – मुखको दुर्गन्ध तथा सास गन्हाउने रोगमा पुदिनाको सेवन लाभकारी मानिन्छ । – पाइल्स (अर्श), झाडापखाला तथा पेटसम्बन्धी रोग विरुद्ध पुदिना उत्तम उपचार हो ।

साभार  : ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट