समाचार

सुनसरीमा भएको दुर्घटनाका तीनै जना मृतकको सनाखत

By खबरहब

February 05, 2022

सुनसरी– सुनसरीको लौकहीमा बस र ट्रक ठोक्किएर भएको आगलागीमा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।

गएराति कोशी गाउँपालिका–१ लौकहीको खुनियाधारमा बस र ट्रक जुध्दा आगलागीसमेत भएको थियो । दुर्घटनामा बस चालक झापा गोलधापका ४५ वर्षीय सरोज राई, बसका यात्रु भारत पश्चिम बङ्गालका २३ वर्षीय निहाल प्रधान र ट्रक चालक बारा निजगढ–९ का २७ वर्षीय शेख फिरोजको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका २७ जनामध्ये १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

ना.५ ख २९९६ नम्बरको ट्रक र ना.८ ख ८४९३ नम्बरको ठोक्किएका थिए । दुर्घटनासँगै बस र ट्रकमा आगलागी भएको थियो । दुर्घटनापछि भएको आगलागीका कारणले तीन जनाको जलेर मृत्यु भएको छ । गाडीहरू पूर्ण रूपमा जलेका छन् ।