राजनीति

श्रीमानले बनाएको सरकारले संवैधानिक व्यवस्थाको उल्लंघन गर्दै: ईश्वर पोखरेल

By खबरहब

February 05, 2022

काठमाडौंँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारले संवैधानिक व्यवस्थाको उल्लंघन गरिरहेको आरोप लगाएका छन् । शनिबार प्रेस चौतारी स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन् ।

‘श्रीमानले बनाएको सरकारका प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लंघन गर्ने धृष्टता गर्दै छन् । कानुनलाई उल्लंघन गर्ने धृष्टता कादापि स्वीकार्य हुने छैन ।’ उनले सरकार बेलैमा नसच्चिए देशव्यापी आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

यसका साथै उनले सरकारले स्थानीय तहको निर्वाचन कानुनमा तोकिएको समयभित्रै गर्नुपर्ने जिकिर गरे । पोखरेलले अहिलेको पाँच दलीय गठबन्धनलाई विचार नमिल्नेहरूको झुण्डको संज्ञासमेत दिएका छन् ।

पाँच दलीय गठबन्धनमा आवद्ध दलहरूमा विचारको समानता नभएको पोखरेलको टिप्पणी छ ।