फाइल फोटो

कांग्रेस केन्द्रीय समिति बैठक माघ २७ गते

By खबरहब

February 05, 2022

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ २७ गतेलाई बोलाइएको छ ।

पार्टी मुख्य सचिव कृष्णप्रसा पौडेलका अनुसार प्रमुख दुई एजेन्डामा छलफल हुनेछ । पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्था र बाँकी जिल्ला अधिवेशनको विषयमा छलफल हुने मुख्यसचिव पौडेलले जानकारी दिए ।

माघ २७ गते दिउँसो २ बजे पार्टी कार्यालय, सानेपामा बस्ने बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई अनुरोध गरिएको छ ।

बैठकमा भ्रातृ संगठन, जिल्ला अधिवेशनसँगै अन्य विविध विषयमा छलफल हुने उनको भनाइ छ ।