समाचार

पानी भरेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

By खबरहब

February 05, 2022

नुवाकोट– नुवाकोटमा पानी भरेको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ । सर्लाही बरथहवा नगरपालिका–१५ स्थायी घर भई विदुर नगरपालिका–६ बस्ने रतन महराकी चार वर्षीया छोरी कृतिको शनिबार ज्यान गएको हो ।

विदुर नगरपालिका–६ बुनीबेंसीस्थित जालपाभैरवी इँटा उद्योगको इँटा बनाउन खनिएको खाल्डोमा परेर बालिकाको ज्यान गएको छ । उनका बुवा रतन सोही इँटा उद्योगमा कार्यरत छन् ।

खाल्डोमा जमेको पानीमा डुबेकी बालिकाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।