समाचार

हेलम्बुमा गृहमन्त्रीबाट पुलको उद्घाटन

By खबरहब

February 05, 2022

सिन्धुपाल्चोक– बाढीले बगाइदिएको सिन्धुपाल्चोकको हेलम्बुमा नयाँ पुल निर्माण भएको छ ।

हेलम्बु गाउँपालिका वडा नम्बर २ र ७ जोड्ने पुलको शनिबार उद्घाटन तथा हस्तान्तरण गरिएको हो । पुलको गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्नुभएको छ ।

गत साउन १६ र १७ गते मेलम्ची खोलामा आएको बाढीले चनौटे बजारस्थित पुल बगाएको थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते चनौटे र भिरखर्क जोड्ने पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

सेनाले करिब ९ सातामा पुल तयारी गरी सडक विभागलाई हस्तान्तरण गरेको हो । ४८.७७ मिटर लामो र ४.२० मिटर चौडा पुलको भारवहन क्षमता २४ टन रहेको छ ।