समाचार

बैतडीमा एक जना मृत फेला

By खबरहब

February 05, 2022

बैतडी– बैतडीको दशरथचन्द नगरपालिकामा एक जना मृत फेला परेका छन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीमा कार्यरत दशरथचन्द नगरपालिका–२ देहिमाडौँका ४५ वर्षीय मानसिंह रावत मृत फेला परेका हुन् ।

बिहीबारदेखि सम्पर्कविहीन रावतको खोजी गर्दा घरनजिकै मृत फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।