समाचार

मधेसमा हावाहुरीबाट मृत्यु भएकाको परिवारलाई एक–एक लाख राहत

By खबरहब

February 05, 2022

जनकपुरधाम– मधेस सरकारले हावाहुरीबाट धनुषा र रौतहटमा मृत्यु भएकाको परिवारलाई एक–एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

शनिबार आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले हावाहुरीबाट ज्यान गुमाएका तीन जनाका परिवारलाई एक–एक लाख रुपैयाँ राहत दिने निर्णय प्रदेश सरकारले गरेको जानकारी दिएका हुन् ।

शुक्रबार अत्यधिक हावाहुरीका कारण रुख ढल्दा धनुषामा दुई जना र रौतहटमा घर ढल्दा एक जनाको मृत्यु भएको थियो ।

सबैला नगरपालिका–१२ स्थित फकिरचन्द्र माध्यमिक विद्यालयमा रहेको मसलाको रुख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीय अरविन्द सदाको मृत्यु भएको थियो । त्यस्तै, रौतहटको बौधीमाई–१ स्थित इँटाको घर ढल्दा ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको थियो ।