तस्वीर- एएफपी ।

अन्तर्राष्ट्रिय

नो–फ्लाई जोन अस्वीकार गरेपछि नेटोसँग जेलेन्स्की असन्तुष्ट

By खबरहब

March 05, 2022

किभ– अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोले ‘नो–फ्लाई जोन’ स्थापनाका लागि अस्वीकार गरेपछि युक्रेनका राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्की असन्तुष्ट बनेका छन् ।

यसअघि नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित क्षेत्र लागु नगर्ने बताएका थिए ।

नेटो फौजलाई युक्रेनी सेनालाई सहयोग गर्न तत्काल सो क्षेत्रतर्फ नपठाउने बरु आफ्नै ढंगले सहयोग गर्ने उनले बताएका थिए ।

यसैबीच, रुसी हमलाका कारण १२ लाख मानिस युक्रेन छोडेको राष्ट्रसंघको शरणार्थी सम्बन्धी उच्च निकायले जनाएको छ। युक्रेनमाथि रुसी हमलाको १०औँ दिन आज पनि विभिन्न सहरमा हमला भइरहेका छन् ।