अन्तर्राष्ट्रिय

युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम

By खबरहब

March 05, 2022

मस्को– रुसले युक्रेनका दुई प्रमुख सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ । रुसी सेनाले घेरा हालेका मारिओपो र भोल्नोभाखामा अस्थायी युद्धविराम गरेको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको हो ।

रुसको स्थानीय समयअनुसार शनिबार १० बजेबाट आमनागरिकलाई सहर छोड्न सहयोगका लागि अस्थायी युद्धविराम घोषणा गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ । यसबारे युक्रेनले टिप्पणी गरिसकेको छैन् ।