तस्वीर- केसीएनए

अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

By खबरहब

March 05, 2022

काठमाडौं– उत्तर कोरियाले पुनः क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तरले जापानको सागरमा क्षेप्यास्त्र परीक्षण गरेको हो ।

राजधानी प्योङयाङ नजिकैको सुनान क्षेत्रबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र ५६० किलोमिटरको उचाइसम्म पुगी २७० किलोमिटर टाढा गई खसेको दक्षिण कोरियाली सेनाले जनाएको छ । विज्ञप्ति जारी गर्दे दक्षिण कोरियाली सेनाले उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणले अन्तर्राष्ट्रिय समुदायका लागि खतरा उत्पन्न गर्ने र कोरियाली प्रायद्वीपमा शान्ति र स्थीरतालाई खलल पु र्‍याउने भन्दै यसको निन्दा समेत गरेको छ ।

पछिल्लो परीक्षणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो वर्ष २०२२ मा मात्रै उत्तर कोरियाको यो नवौँ क्षेप्यास्त्र परीक्षण हो ।

केही दिनअघिमात्रै उत्तर कोरियाले जासुसी भूउपग्रहका लागि विशेष क्यामेराको परीक्षण गरेको दाबी गरेको थियो ।