तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

 भारतद्वारा सुपरसोनिक ब्रह्मोस क्षेप्यास्त्रको परीक्षण

By खबरहब

March 05, 2022

काठमाडौं– भारतीय नौसेनाले ब्रह्मोस सुपरसोनिक क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको छ । भारतीय नौसेनाले ‘आईएनएस चेन्नाई’ नामक युद्धपोतबाट ब्रह्मोस क्षेप्यास्त्रको सटिकताको परीक्षण गरिएको जनाएको हो ।

क्षेप्यास्त्रले लक्षित निशानामा सटिक प्रहार गरेको नौसेनाले जनाएको छ । भारतीय नौसेनाको यो उपलब्धीले धेरै टाढासम्म मार हान्न सक्ने र जमिनी कारवाहीमा पनि ठूलो प्रभाव पार्ने जनाइएको छ ।

भारतीय नौसेनाले नियमितजसो ब्रह्मोस क्षेप्यास्त्रको परीक्षण गर्दै आएको इण्डिया टुडेको अनलाइन सँस्करणले जनाएको छ ।

ब्रह्मोस क्षेप्यास्त्र र आइएनएस चेन्नाई युद्धपोत दुबै भारतमा नै निर्माण भएको र यो भारत सरकारको ‘मेक इन इण्डिया’ र ‘आत्मनिर्भर भारत’ कार्यक्रममा भारतीय नौसेनाको योगदानको रुपमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।