तस्वीर- एपी

अन्तर्राष्ट्रिय

चीनले सैनिक बजेट बढाउने

By खबरहब

March 05, 2022

काठमाडौं- चीनले सैनिक बजेट बढाउने भएको छ । चीनले शनिबार सार्वजनिक गरेको बजेट प्रस्तावको मस्यौदामा मुलुकको सैन्य बजेट सन् २०२२ मा ७.१ प्रतिशतले बढाएर २२९.५ अर्ब अमेरिकी डलर पुर्‍याइने उल्लेख छ ।

चीनको विधायिकाको सर्वोच्च निकायले वार्षिक अधिवेशनको उद्घाटनमा बजेटको मस्यौदा जारी गरेको हो । 

एक अर्को सरकारी प्रतिवेदनमा जानकारी गराइए अनुसार सन् २०२२ मा चीनले सैन्य शिक्षा र युद्ध प्रशिक्षण बढाउने बताएको छ ।  संयुक्त राज्य अमेरिकापछि चीनको विश्वकै दोस्रो सबैभन्दा उच्च सैन्य बजेट छ र यसले आफ्नो किनाराभन्दा बाहिर शक्ति विस्तार गर्न लामो दूरीका हतियार, सफल आणविक क्षेप्यास्त्र तथा अन्य हतियारहरूमा लगानी गरिरहेको अमेरिकी समाचार संस्था वाशिङ्गटन पोस्टले बताएको छ । 

सन् २०२१ को मार्चमा चीनले २०९ अर्ब अमेरिकी डलर रक्षा बजेट घोषणा गरेको थियो ।

यो अघिल्लो बर्षको तुलनामा ६.८ प्रतिशतले वृद्धि हो । यो सन् २०२० मा भएको ६.६ प्रतिशत वृद्धिभन्दा बढी थियो ।