फाइल फोटो

अन्तर्राष्ट्रिय

रुसले युद्धविराम लागु गरेन सर्वसाधारणलाई बाहिर लैजाने काम रोकियो

By खबरहब

March 05, 2022

काठमाडौं – रुसले अस्थायी युद्धविराम कार्यान्वयन नगरेको भन्दै मारिओपोबाट सर्वसाधारणलाई बाहिर लैजाने काम रोकिएको छ । 

स्थानीय अधिकारीले सर्वसाधारणलाई मारिओपोबाट बाहिर लैजाने काम स्थगित गरिएको जनाएका छन् । 

रुसी पक्षले अस्थायी युद्धविरामलाई लागु नगरेको आरोप लागेको छ । उक्त क्षेत्रमा बमबारी र निकासको क्षेत्रमा युद्ध भइरहेको जनाइएको छ। उनीहरूले नागरिकहरू फरकफरक ठाउँमा गएर आश्रय लिनुपर्ने भन्दै छिट्टै थप जानकारी दिइने समेत जनाएका छन्।

त्यसअघि उक्त शहरका एक बासिन्दाले आफूले प्रत्येक तीनदेखि पाँच मिनेटमा एउटा बम पड्किएको आवाज सुनेको  बीबीसीले उल्लेख गरेको छ ।