अपराध

हत्या घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

By खबरहब

March 05, 2022

काठमाडौँ-  काठमाडौँको बुढानीलकण्ठ नगरपालिका बस्ने मानबहादुर रावतको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका याकुब चौधरी र  सर्लाही बरहथवा नगरपालिका-८ का एक किशोर छन् ।

बुढानीलकण्ठ नगरपालिका  श्रीनगर टोलमा गत मंगलबार  रावतको रगताम्य अवस्थामा शव फेला परेको थियाे । घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धनमा  मान बहादुर र अरोपितबीच लागू‌‌‌‌औषध खरिदको विषयमा विवाद भएकाे थियाे । अभियुक्तहरूले  कुटपिट र बाँसको लठ्ठी प्रहार गरी गम्भीर घाइते बनाई फरार भएका खुल्न आएको हो । 

प्रहरीले घटनामा प्रयोग भएको १ थान बाँसको लठ्ठीसमेत बरामद गरेको छ । उनीहरूउपर कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान कार्य भइरहेको छ ।