महावाणिज्य दूतावास र नेपालका कर्मचारीबीच क्रिकेट

By खबरहब

March 05, 2022

पर्सा– वीरगञ्जमा नेपाल–भारत मैत्री क्रिकेट प्रतियोगिता गरिएको छ ।

‘आजादी का अमृत महोत्सव’ काे अवसरमा भारतीय महावाणिज्य दूतावासले शनिबार नेपाल–भारत मैत्री क्रिकेट खेलको आयोजन गरेको हो ।

प्रतियोगितामा भारतको कन्सुल जनरलको टोली सीजी–११ ले नेपालको सीडीयो–११ लाई पराजित गरेको छ ।

सीडीयो–११ ले टस जितेर पहिले ब्याटिङ गरेको थियो । नेपालले भारतलाई ७२ रनको लक्ष्य दिएको थियो । जवाफमा सीजी–११ ले दुई ओभर बाँकी रहँदै लक्ष्य पूरा गरेको थियो ।

भारत र नेपालका अधिकारीहरूबीचको सम्बन्धलाई प्रगाढ बनाउने र खेलकुदको महत्व उजागर गर्ने उद्देश्यले मैत्रीपूर्ण खेलको आयोजन गरेको महावाणिज्य दूतावासले जनाएको छ ।