फाइल फोटो

समाचार

अवरोध कायमै रहे संसद किन चलाउने भन्ने प्रश्न उठ्न सक्छः थापा

By खबरहब

March 05, 2022

काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद चल्न नसक्ने अवस्था जारी राखे किन चलाउने भन्ने प्रश्न उठ्न सक्ने बताएका छन् ।

निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनमा महामन्त्री थापाले एमालेले संसद्लाई उपहास गरिरहे भन्दै किन चलाउने भन्ने उठ्न सक्ने बताएका हुन् ।

उनले यस्तो परिस्थिति कायमै रहे संसद् विघटन नै हुन सक्नेतर्फ पनि संकेत गरे ।

यद्यपि, जुनसुकै परिस्थितिमा स्थानीय चुनाव समयमै हुने पनि उनले दाबी गरे ।

थापाले आसन्न स्थानीय तहको चुनावमा नेपाली काँग्रेस जित्ने आधारहरू तयार भइसकेको पनि दाबी गरेका थिए ।