क्रिकेट

भोताङले जित्यो पाँचपोखरी क्रिकेटको उपाधि

By पासाङ लामा ह्योल्मो

March 05, 2022

काठमाडौं- काठमाडौँ : पाँचपोखरी टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी भोताङ टिमले जितेको छ ।

मुलपानीस्थित अन्तर्राष्ट्रिय खेल मैदानमा भएको फाइनलमा पाँचपोखरी क्रिकेट टिमलाई हराउँदै पाँचपोखरी भोताङ क्रिकेट टिमले उपाधि उचालेको हो ।

तस्वीर : पासाङ लामा ह्योल्मो

पहिले ब्याटिङ गरेको भोताङ टिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनाएको थियो । जवाफी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाँचपोखरी टिम ५६ रनमा अलआउट भयो ।

तस्वीर : पासाङ लामा ह्योल्मो

जितसँगै उपाधि विजेता पाँचपोखरी भोताङ टिमले नगद ७५ हजार रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता पाँचपोखरी टिमले ४० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

तस्वीर : पासाङ लामा ह्योल्मो
तस्वीर : पासाङ लामा ह्योल्मो

खेलको म्यान अफ दि म्याच पाँचपोखरी भोताङका पेम्बा तामाङ बने । खेलपछिको पुरस्कार वितरण कार्यक्रममा नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन कुमार सिंह, विशेष अतिथि पाँचपोखरी थाङ्पाल गाउँपालिकाको अध्यक्ष टासी लामा ह्योल्मो थिए ।

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले खेतको गह्राबाट सुरु भएको क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा खेल्नु विशेष उपलब्धीमुलक भएको टिप्पणी गरेका थिए ।