समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा राँके जुलुस

By खबरहब

March 05, 2022

काठमाडौँ- राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा राँके जुलुस निकालेकाे छ ।

विद्यार्थी संगठनले शनिबार साँझ पार्टी कार्यालय धुम्बाराहीबाट निकालेको जुलुस चावहिलको पुल पुगेर कोण सभामा परिणत भएको थियो।

बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने , भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दूराष्ट्र कायम हुनुपर्ने जस्ता नारा लगाउँदै जुलुस प्रदर्शन भएको हो।

कोण सभामा विद्यार्थी संगठनका अध्यक्ष कमल बमले सरकार भ्रस्टाचारमा लिप्त भएको र जनताको ढाड सेकिने गरी मूल्य वृद्धिलाई निरन्तर जारी राखेको भन्दै चर्को आलोचना गरेका थिए ।