राजनीति

काँग्रेस महोत्तरीको सभापतिमा नागेश्वर यादव चयन

By खबरहब

March 05, 2022

महोत्तरी । नेपाली काँग्रेस महोत्तरीको सभापतिमा नागेश्वर यादव चयन भएका छन् ।

चुनावमा नागेश्वर यादव १ हजार ११, सुशील यादवले ७७९ र बजरंग नेपालीले ३०६ मत प्राप्त गरेका हुन् ।

सभापतिका तीन उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नआएपछि चुनाव दोश्रो चरणमा गएको थियो ।

दोश्रो अत्यधिक मत ल्याउने सुशील यादवले नागेश्वर यादवलाई समर्थन गरेपछि उनी सभापतिमा निर्वाचित भएका हुन् ।

यादव संस्थापन पक्षका हुन् ।