फाइल फोटो

समाचार

कुन प्रदेशको मौसम कस्तो ? यस्तो छ मौसम पूर्वानुमान

By खबरहब

April 05, 2022

काठमाडौं- हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही मुलुकका अन्य भूभागमा मौसम सामान्यतया सफा छ।

दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ को पहाडी भूभागका थोरै स्थान र बागमती तथा गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बुधबार प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ का पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ।