खेलकुद

क्रिस्टल प्यालेससँग आर्सनल पराजित

By खबरहब

April 05, 2022

काठमाडौं- क्रिस्टल प्यालेसले इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारको दौडमा रहेको आर्सनललाई ३-० अन्तरले पराजित गरेको छ।

लण्डनमा सोमबार राति भएको खेलमा आर्सनलको लज्जास्पद हारमा जिन फिलिपे मटेटा, जोर्डन एयु र वेलफ्रेड जाहाले गोल गरे।

जितसँगै क्रिस्टल प्यालेस ३० खेलबाट ३७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ।

पराजित आर्सनलले चौथो स्थानमा उक्लने मौका गुमाउँदा पाँचौ स्थानमा यथावत छ। उसको समान ५४ अंक रहेपनि एक खेल बढी खेलेको टोटेनहम गोल अन्तरमा अघि रहँदै चौथो स्थानमा छ।