तस्वीर- रेडियो पाकिस्तान

अन्तर्राष्ट्रिय

‘तीन महिनाभित्र चुनाव गर्न सकिन्न’– पाकिस्तानी निर्वाचन आयोग

By खबरहब

April 05, 2022

काठमाडौं– पाकिस्तानको निर्वाचन आयोगले आगामी तीन महिनाभित्र चुनाव गर्न नसकिने जनाएको छ ।

आयोगका शीर्ष अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार पाकिस्तानमा आम निर्वाचन गर्न आयोगलाई ६ महिनासम्म लाग्नसक्छ ।

खैबर पख्तुनख्वा प्रान्त लगायतका क्षेत्रमा निर्वाचन क्षेत्र बढाइएका कारण चुनावमा थप चुनौति थपिएको छ ।

ती अधिकारीका अनुसार चुनाव सामग्रीको उत्पादन तथा आपूर्ति, मतपत्रको तयारी एवम् निर्वाचनका लागि कर्मचारीको नियुक्ति तथा तालिम पनि निर्वाचन आयोगका लागि चुनौतिका रुपमा रहेका छन् ।

प्रधानमन्त्री इमरान खानले संसद् भंग गरेसँगै त्यहाँ ९० दिनभित्र नयाँ चुनावमा जानुपर्ने प्रावधान छ । यस्तो अवस्थामा निर्वाचन आयोगले ६ महिनासम्म चुनाव गर्न नसक्ने बताएको हो ।