तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

पाकिस्तानी राजनीतिक संकटबारे रुसी टिप्पणी– अमेरिकाले अटेरी इमरानलाई सजाय दियो

By खबरहब

April 05, 2022

काठमाडौं– अमेरिकाले ‘अटेरी’ इमरान खानलाई सजाय दिएको रुसले टिप्पणी गरेको छ । रुसी विदेशमन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले संसद् भंग गरेकोबारे आफूहरूले सूचना पाएको भन्दै अमेरिकाले पाकिस्तानी राजनीतिमा हस्तक्षेप गरेको आरोप लगाएकी छिन् ।

‘यसै वर्षको फेब्रुअरी २३–२४ मा इमरान खानले मस्कोको भ्रमण गरेपछि अमेरिकी र पश्चिमा मुलुकहरूले प्रधानमन्त्रीमाथि अशोभनीय दबाब दिदै भ्रमण रद्द गर्न अल्टिमेटम दिएका थिए ।’ विज्ञप्तिमा जनाइएको छ ।

‘पाकिस्तानी मिडियाका अनुसार मार्च ७ का दिन पाकिस्तानी दूत असद मजिदसँगको कुराकानीका क्रममा शीर्षस्थ अमेरिकी अधिकारीले युक्रेनमा जारी संकटबारे पाकिस्तानी नेतृत्वको सन्तुलित प्रतिक्रियाको तीखो शब्दमा निन्दा गरेका थिए र इमरान खान सत्ताबाट हटेको खण्डमा मात्रै अमेरिकासँग साझेदारी सम्भव रहेको बताएका थिए ।’ जाखारोभाको विज्ञप्तिमा उल्लेख छ ।

उनले पाकिस्तानमा विकसित घटनाक्रमबाट अमेरिकाले ‘अटेरी’ इमरान खानलाई सजाय दिने निर्णय गरेकोमा कुनै शंका नरहेको समेत बताइन् ।