राजनीति

कांग्रेस निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिमा सदस्य थपिए

By खबरहब

April 05, 2022

काठमाडौँ – नेपाली कांग्रसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिमा दुई जना थपिएका छन् ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको चैत १५ गतेको बैठकको निर्णय अनुसार प्रकाशशरण महतको संयोजकत्वमा गठन भएको उक्त समितिमा सुजाता परियार र त्रिभुवन विश्विद्यालय प्रजातन्त्रवादी कर्ममचारी संघलाई थप गरेको पौडेलले जानकारी दिए ।