तस्वीर- पीए

अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा अफगानिस्तानमा नयाँ स्याटेलाइट च्यानल सञ्चालन

By खबरहब

April 05, 2022

काठमाडौं– अफगानिस्तानको सरकार चलाइरहेको तालिबानले अमेरिकी मिडिया नेटवर्क भ्वाइस अफ अमेरिका बन्द गरिदिएपछि अमेरिकाले अफगानिस्तानलाई लक्षित गरी नयाँ स्याटेलाइट टेलिभिजन सञ्चालनमा ल्याएको छ ।

भ्वाइस अफ अमेरिकाले जनाएअनुसार नयाँ च्यानलले अफगानिस्तानमा प्रयोग हुने पश्तो तथा दारी भाषामा सामग्री उत्पादन गर्नेछ ।

यसअघि तालिबानले भ्वाइस अफ अमेरिकाले अफगानिस्तानमा तालिबानका नीतिको विरुद्ध गएको र महिलालाई समाचार वाचन गर्न दिएको भन्दै भ्वाइस अफ अमेरिकालाई बन्द गरिदिएको थियो ।

अब भ्वाइस अफ अमेरिकाले ‘भ्वाइस अफ अमेरिका अफगानिस्तान’ नामक नयाँ च्यानल याहस्याट वाई–१ ए स्याटेलाइट (५२.२ डिग्री पूर्व) बाट प्रसारण गर्ने भ्वाइस अफ अमेरिकाले जनाएको छ ।