समाचार

शान्ति मिसनअन्तर्गत कंगोमा तैनाथ एक नेपाली सैनिक घाइते

By खबरहब

April 05, 2022

काठमाडौँ– कंगोमा शान्ति मिसनमा खटिएका एक नेपाली सैनिक घाइते भएका छन् ।

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कंगोमा तैनाथ श्री नेप क्युआरएफ कम्पनीको पहिलो डफ्फाका एक सैनिक घाइते भएका हुन् ।

उनी शान्ति सैनिकहरूको अपरेशन ‘बाली’ का क्रममा घाइते भएको पनि निर्देशनालयले जनाएको छ ।

प्रमुख सेनानी निकिल कुवँरको कमाण्डमा कर्डन एण्ड सर्चको कारबाहीका क्रममा विद्रोहीले अज्ञात स्थानबाट गरेको फायरबाट मंगलबार यी सैनिक घाइते भएकोसमेत निर्देशनालयले जनाएको छ ।

घाइते सैनिकको पहिचान खुलाइएको छैन । अन्य सैनिक भने सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।