फाइल फोटो

समाचार

नेपाल बार चुनावः घिमिरे समूह दोब्बर मतले अगाडि

By खबरहब

April 05, 2022

काठमाडौँ– नेपाल बार एशोसिएशनको चुनावमा गोपालकृष्ण घिमिरे समूहले अग्रता लिएको छ ।

आजबाट सुरु भएको मतगणनामा घिमिरे दोब्बर मतका साथ अग्रता लिएका हुन् ।

घिमिरे डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए), गणतान्त्रिक कानुन व्यवसायी संगठन र समाजवादी लयर्स एशोसिएसनका तर्फबाट अध्यक्षका उम्मेदवार हुन् । एमालेनिकट पीपीएलएका विष्णुमणि अधिकारी भने पछाडि परेका छन् ।

प्रारम्भिक नतिजाअनुसार घिमिरेले ७ सय ७७ मत पाएका छन् भने अध्यक्षका अर्का उम्मेदवार अधिकारीले मात्र ३ सय ७२ मत पाएका छन् । हालसम्म १ हजार २ सय ४६ मत गणना भइसकेको छ ।

पृथ्वीमान राईले १३ मत प्राप्त गरेका छन् ।