अटो

डाबरले ल्यायो ३५ देखि १५० रुपैयाँसम्मको ‘रियल पेट’

By खबरहब

April 05, 2022

काठमाडौँ – फ्रुट जुसको विधामा डाबर नेपालले रियल म्याङ्गो पेट बजारमा ल्याएको छ ।

रियल पेट मिक्स्ड फ्रुट र अनारको स्वादमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । डाबर नेपालका व्यवसाय प्रमुख एचएस बेदीले उपभोक्तालाई नवीनतम उत्पादनबाट खुसी राख्ने यो एक प्रयास भएको बताएका छन्।

डाबर नेपालका मार्केटिङ्ग प्रमुख अभय प्र. गोर्खालीले जुस बजारमा अग्रणी भएको नाताले प्याकेजिङलाई विस्तारित गरी नयाँ आकर्षक स्वरुपमार्फत स्वादिलो फ्रुट जुस ल्याइएको बताए ।

रियल पेटलाई टेस्ट द फन ट्यागलाइनका साथ स्वादिलो/टेस्टी र फन जुसको रुपमा परिचित गरिएको छ । नयाँ पेट २०० एमएल, ५०० एमएल र १ लिटर बोतलमा बजारमा आएको छ । यसको मूल्य क्रमशः ३५, ८५ र १५० रुपैयाँ तोकिएको छ ।