अन्तर्राष्ट्रिय

श्रीलंकाको आर्थिक संकटमा भावनात्मक एकता

By मनोज घिमिरे

May 05, 2022

‘यहाँ हेरौँ मुस्लिम छन्, हिन्दु छन् र क्याथोलीक पनि छन्। यो नै सही श्रीलङ्का हो,’श्रीलङ्काको समुद्री किनार अगाडि रहेका हजारौँ प्रदर्शनकारीलाई इङ्गित गर्दै लुक्सान हाथीयेवाले भनेका छन्।

वर्षौँदेखि विभिन्न जात जाती र सम्प्रदायबीच रहेको कटु सम्बन्धलाई अहिलेको चरम आर्थिक सङ्कटले सुधार गर्ने आशा उनमा छ। एक बौद्ध भिक्षु पनि वर्षौँ देखिको जातीय र सांस्कृतिक विभाजनलाई बिर्सिएर अहिले मानिससँगै प्रदर्शनमा उत्रिएको बताउँछन्। उनी पनि अहिले श्रीलङ्का एकत्रित हुँदै गएको बताउँछन्। यो प्रतिक्रिया व्यक्त गर्ने दुवै जना श्रीलङ्का जनसङ्ख्याको दुई तिहाई हिस्सा बोकेको सिंहला बौद्धिक समुदायका हुन्। तामिल, हिन्दु, मुस्लिम र क्रिस्चीयन श्रीलङ्का अल्पसङ्ख्यक व्यक्ति हुन्।

एक बौद्ध भिक्षु पनि वर्षौँ देखिको जातीय र सांस्कृतिक विभाजनलाई बिर्सिएर अहिले मानिससँगै प्रदर्शनमा उत्रिएको बताउँछन्। उनी पनि अहिले श्रीलङ्का एकत्रित हुँदै गएको बताउँछन्।

पछिल्ला दिन यी सबै जना घर जाऊ अभियानसहित श्रीलङ्का सरकारको विरुद्धमा सडकमा उत्रिएका छन्। सन् २०१९ मा इस्लामिक समूहले डर लाग्दो बम विस्फोट गराएको एक महिना पनि नबित्दै गोटया राजपाक्षे श्रीलङ्काका राष्ट्रपति चुनिएका थिए। ती नै राजापाक्षेलाई घर जाऊँ भन्दै श्रीलङ्काका नागरिक सडकमा उत्रिएका छन्। उनलाई भोट दिने राजीनामा मागी रहेका छन्। उनको कार्यकालमा जातीय भेदभावको आरोप पनि लागेको थियो।

आफू सिंहालीजको मतले मात्र राष्ट्रपति जित्न सक्ने प्रतिक्रिया दिँदै उनले अन्य जातीप्रति बेवास्ता गर्ने आशयको अभिव्यक्ति सार्वजनिक रूपमा नै दिएका थिए। श्रीलङ्काका राजनीतिमा सिंहालीज समुदायको एकल पकड धेरै पुरानो हो। उनीहरूले नै तामिललाई निसाना बनाउँदै आएका थिए। सन् २००९ मा गोटबाय राजपाक्षे नै रक्षा सचिव भएको समयमा श्रीलङ्कामा तामिल टाइगरसँगको युद्ध समाप्त भएको थियो। त्यसै समयमा उनलाई हेर्ने दृष्टिकोणमा पनि विरोधाभास देखिएको थियो। कतिपयले उनलाई नायकको रूपमा हेरे भने मानव अधिकारको अत्यधिक हनन उनकै कारणले भएको आरोप पनि धेरैले लगाएका थिए।

यसपछि उनले केही कार्यक्रम अगाडि सारेका थिए। यसले सिंहालीजका माझ लोकप्रियता त दिलाएको थियो। परन्तु, तामिल प्रतिको उनको व्यवहार दोस्रो दर्जाको नागरिकको झैँ थियो। इस्टर डेका दिन भएको बम हमलापछि देश भरका मुस्लिमलाई गरिने व्यवहारमा फरक आएको थियो। त्यहाँका मुस्लिम अधिकार अभियन्ता श्रइन सारुरका अनुसार मुस्लिमको घर, जनजीवन र प्रतिष्ठामा नै आँच आउने किसिमले धेरै आक्रमण भएका थिए।

श्रीलङ्काका राजनीतिमा सिंहालीज समुदायको एकल पकड धेरै पुरानो हो। उनीहरूले नै तामिललाई निसाना बनाउँदै आएका थिए। सन् २००९ मा गोटबाय राजपाक्षे नै रक्षा सचिव भएको समयमा श्रीलङ्कामा तामिल टाइगरसँगको युद्ध समाप्त भएको थियो।

मुस्लिमलाई व्यापारमा प्रतिबन्धित गर्ने काम मात्र होइन, कोरोना महामारीको समयमा अन्त्येष्टि गर्ने समयमा पनि मुस्लिमले आफ्नो संस्कार अनुसार गर्न नपाउने नियम राखिएको थियो। अहिले यो प्रदर्शनमा उत्रने आर्थिक सङ्कट र गरिबी मात्र होइन, राजापाक्षको शासनकालमा भएको जातीय ज्यादतीलाई अस्वीकार गर्नेको आक्रोश पनि हो।

राजपाक्षेको विरुद्धमा यो विद्रोहलाई कोलम्बोमा वैकल्पिक राजनीतिका बारे अनुसन्धान गरिरहेका भवानी फोनेस्का पनि अद्वितीय भन्न चाहन्छन्। सरकारको विरुद्धमा सङ्घर्ष गरिरहेका अल्पसङ्ख्यकलाई अहिले समाजमा घुलमिल गर्न सहज भएको छ। श्रीलङ्कामा यो सङ्घर्ष कसरी अगाडी बढ्छ ? जातीय सद्भाव कायम रहन सक्छ कि सक्दैन ? आर्थिक सङ्कटबाट कहिले मुक्ति पाउँछ ? भन्ने अनगिन्ती प्रश्नहरू तेर्सिएका छन्।

श्रीलङ्काको राजधानी कोलम्बोमा अहिले शान्त पूर्वक प्रदर्शन भइरहेका छन्। देशको उत्तर र पूर्वी भागको अवस्था भने फरक छ। ती स्थानमा बहुसङ्ख्यक तामिल समुदायको बसोबास छ। त्यसो त त्यस क्षेत्रमा आर्थिक सङ्कट आउनु भन्दा अगाडिदेखि नै सरकार विरोधी सोचले प्राथमिकता पाएको थियो। तामिलहरूकै अनुसार प्रदर्शनमा उत्रने सिंहालीज भन्दा उनीहरूलाई अहिले पनि सरकारले फरक व्यवहार गरेको छ।

श्रीलङ्काको राजधानी कोलम्बोमा अहिले शान्त पूर्वक प्रदर्शन भइरहेका छन्। देशको उत्तर र पूर्वी भागको अवस्था भने फरक छ। ती स्थानमा बहुसङ्ख्यक तामिल समुदायको बसोबास छ।

‘यहाँ भइरहेको विरोध प्रदर्शनमा राज्यले हिंस्रक बनाउन खोजी रहेको छ,’ श्रीलङ्काको उत्तरी प्रान्तमा जाफनामा रहेका तामिल अधिकार अभियन्ता अनुसानी अलागाहाले भनेकी छन्। उनी अगाडि भन्छिन्, ‘त्यहाँ सधैँ दुई खाले व्यवहार हुन्छ। तपाईंको हुनुहुन्छ र कुन सम्प्रदायको हुनुहुन्छ भन्ने कुराले तपाईंमाथि गर्ने व्यवहार निर्भर गर्छ।’ अहिलेसम्म भएको प्रदर्शनको क्रममा दक्षिण श्रीलङ्कामा एक जनाको ज्यान गएको छ। प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा एक सिंहालीज बुद्धिस्टको ज्यान गएको हो।

अहिलेको ज्यादतीले लामो समयदेखि उत्पीडनमा बसेको अल्पसङ्ख्यक समुदायलाई राज्यको विरुद्धमा अझ बढी आक्रोशित गराउने र त्यसले अवस्था अझ हिंस्रक बन्न सक्ने अलागाह बताउँछिन्। त्यसो त उनले आफ्नो पुस्ताले वर्षौँदेखि गरेको सङ्घर्ष भन्दा अहिले सिंहालीज सहितको विद्रोहमा धेरै अन्तर्राष्ट्रिय सञ्चार माध्यमको ध्यान खिचेको बताउँछिन्।

अहिलेसम्म भएको प्रदर्शनको क्रममा दक्षिण श्रीलङ्कामा एक जनाको ज्यान गएको छ। प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा एक सिंहालीज बुद्धिस्टको ज्यान गएको हो।

त्यसगृह युद्धको क्रममा धेरै तामिल हराएका छन्। अन्तर्राष्ट्रिय निकायले युद्ध अपराधका बारे छानबिन गर्न चाहे पनि श्रीलङ्का सरकारले बल गरेरै त्यसलाई रोकेको छ। तामिलको स्मरणमा कुनै कार्यक्रम हुन अहिले पनि कठिन छ। गत वर्ष जाफनाका मेयरलाई यसै क्रममा गिरफ्तार गरिएको थियो। प्राय उत्तरी क्षेत्रमा धेरै सुरक्षाकर्मी तैनाथ गरिए भने तामिल माथिको ज्यादती पछिसम्म कायम नै रहेको थियो।

‘हामी न्याय र पारदर्शीताको कुरा गरिरहेको समयमा के साँच्चै प्रदर्शन स्थलमा सुरक्षित हुन सक्छौ ?,’ अलागराहले प्रश्न गर्दै भनिन्। देशको पूर्वी भागमा एक हिन्दु मन्दिर भत्काएर बौद्धिस्ट चिह्न र झन्डा राखेको कुरा पनि उनले स्मरण गराइन्। उनले कोलम्बो र पूर्वी भेगमा सिंहालीज बौद्धीस्टको उपस्थिति नै फरक ढङ्गले हुने गरेको बताउँछिन्। अहिले त्यसमा केही फरक भएको छ। गालेको हरियो मैदान अगाडि बौद्ध भिक्षु र क्याथोलीक देखिएका छन्।

सिंहालीज समुदायकै डे सराय यस विद्रोहको नेतृत्व गरिरहेकी छिन्। यसै कारण उनी अहिले एकजुट भएर विद्रोहमा उत्रिएका कारण यो सुखद र सुन्दर पक्ष भएको बताउँछिन्। उनी राष्ट्रिय एकताका लागि सिंहालीज समुदायले पहल गर्नुपर्ने बताउँछिन्। उनी भन्छिन्, ‘हामी एउटा सङ्घारमा आइ पुगेका राजपाक्षेको युग भन्दा पछि अब श्रीलङ्का एकजुट हुन सक्छ। हुनु पनि पर्छ। यहाँ अब तामिल र मुस्लिम पनि दोस्रो दर्जाको नागरिक हुन आवश्यक छैन।’

समुद्री तटमा रहेका लुक्सान वाथुहेवा सबै श्रीलङ्काली अहिले राष्ट्रिय आवश्यकताका लागि सङ्घर्ष गरिरहेको बताउँछन्। भन्छन्, ‘उनीहरू सबै अति आवश्यक खाना, इन्धन र औषधि उपचार नै सुनिश्चित गर्न लागि परेका छन्।’उनको थप कथन छ , ‘हामीले ३० वर्ष गृह युद्धमा बितायौँ। अहिले हामी शान्त देश चाहिरहेका छौं।’ २२ मिलियन जनसङ्ख्या भएको श्रीलङ्का अहिले गम्भीर सङ्कटमा छ। देशमा एकपछि अर्को सङ्कटबाट कसले बचाउने निश्चित छैन। दैनिक जस्तो राजधानी कोलम्बो लगायत सहरमा प्रदर्शन भएको घटना प्रकाशमा आइरहेको छ। चिनियाँ ऋणको जालोमा परेको देश अब वर्षै उठ्न नसक्ने प्रस्ट भइसकेको छ।

समुद्री तटमा रहेका लुक्सान वाथुहेवा सबै श्रीलङ्काली अहिले राष्ट्रिय आवश्यकताका लागि सङ्घर्ष गरिरहेको बताउँछन्।

कोरोना महामारीका कारण देशको पर्यटन व्यवसाय ध्वस्त भएको छ। देशमा विदेशी मुद्राको अभाव छ। अहिले श्रीलङ्काले इन्धन खरिद गर्न सकेको छैन। साथमा मल पनि खरिद गर्न सकेको छैन।

यो सङ्कटबाट पार पाउन अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत विदेशी निकायले सहयोग गरिरहेका छन्। परन्तु यो नै पर्याप्त भने होइन। केही वर्ष अघिसम्म दक्षिण एसियामा समृद्धिको प्रतीक मानिने यो देश अन्य छिमेकी देशका लागिसमेत खराब उदाहरण बन्न पुगेको छ।

सरकारले गरेको गलत नीतिका कारण देश त खस्किएको छ। त्यहाँ सङ्कट पनि बढेको छ। तथापि सङ्कटबीच श्रीलङ्काली जनतामा देखिएको यो एकताको भावना भने सकारात्मक छ। –बीबीसी , टाइम्स अफ इन्डिया