फाइल फोटो

राजनीति

निर्वाचन सुरक्षाबारे जानकारी लिन गृहमन्त्री खाँण राजविराजमा

By खबरहब

May 05, 2022

काठमाडौँ – निर्वाचन सुरक्षाबारे जानकारी लिन गृहमन्त्री बालकृष्ण खाँण सप्तरीको राजविराज पुगेका छन्।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार गृहमन्त्री खाँण प्रदेश १ को राजधानी मोरङको विराटनगरदेखि बिहीबार बिहान राजविराज पुगेका हुन् ।

गृहमन्त्री खाँणले बिहान ११ बजे राजविराजको होटेल आइगार्डेनमा हुने निर्वाचन सुरक्षा गोष्ठीमा मधेस प्रदेशको सप्तरी, सिराहासँगै प्रदेश १ को उदयपुरका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचन सुरक्षास्थितबारे जानकारी लिने भएका छन्।

उनले यसअघि नै जिल्ला सुरक्षा समितिमा संयोजकसमेत रहने प्रमुख जिल्ला अधिकारीहरूसँग निर्वाचन सुरक्षाबारे भर्चुअल माध्यमबाट छलफल गरिसकेका छन् ।