सांकेतिक तस्बिर

अपराध

लागू औषधसहित एक जना पक्राउ

By खबरहब

May 05, 2022

उदयपुर- जिल्ला प्रहरी कार्यालय उदयपुरले लागू औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका– ३ त्रियुगा बसपार्कबाट त्रियुगा नगरपालिका– १२ का १९ वर्षीय पंकु मल्लिकलाई नियन्त्रणमा लिएको हो । 

 प्रहरीले मल्लिकको साथबाट डाईजेपाम ९  एम्पुल, लुपिजेसिक ७ एम्पुल, फेनागर्न ८ एम्पुल गरी २४ एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

मल्लिकलाई उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप्प गरि अनुसन्धान थालिएको छ । उनलाई लागू औषध ऐनअनुसार कारबाही गरिने जनाइएको छ ।