देश/प्रदेश

थप १७ जनामा कोरोना संक्रमण

By खबरहब

May 05, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ३ सय ७६ पिसिआर परीक्षणका क्रममा १५ जना र १ हजार ४ सय ३५ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना निको भएका छन्। 

हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् ।