फाइल फोटो

क्रिकेट

ईपीएल क्रिकेट प्रतियोगिता कात्तिकमा हुने 

By खबरहब

May 05, 2022

काठमाडौँ– फ्रेन्चाइच क्रिकेट एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पाँचौ संस्करण कात्तिक अन्तिम सातादेखि सुरू हुने भएको छ ।

बिहीबार आयोजकले प्रतियोगिताको पाँचौं संस्करण आगामी २६ कात्तिकबाट सुरु हुने घोषणा गरेको हो ।

ईपीएलमा काठमाडौं किङ्स ११, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवन टाइगर्स, विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स गरी ६ टोलीको सहभागिता रहने गरेको छ ।

यसअघि प्रतियोगिताको पछिल्लो संस्करणको उपाधि चितवन टाइगर्सले जितेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत २३ असोजमा भएको फाइनलमा चितवनले पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।