तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

सोमालियामा खाद्यान्नको अभाव

By रासस

June 05, 2022

काठमाडौौँ- अफ्रिकी मुलुक सोमालियामा लामो समयदेखि जारी रहेको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ ।

त्यहाँ लामो समयदेखि आन्तरिक राजनीतिक संकटका साथै खडेरका कारण पनि खाद्यान्नको अभाव हुदै गएको पाइएको हो ।

सोमालियामा खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरु देखिएका राष्ट्रसंघीय अधिकारीहरुले बताउँदै आएका थिए । यसका कारण त्यहाँका बालबालिकमा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव पनि बढ्दै जाने देखिएको छ ।

सोमालियाको यो अवस्थाका बारेमा सोमालिया सरकार र राष्ट्रसंघीय अधिकारीहरुले जानकारी दिएका हुन् ।

अहिलेकै अवस्था रही आएमा यहाँ चरम खाद्यान्न अभाव र नागरिकहरु कुपोषणको शिकार हुने अवस्था रहेको पनि उनीहरुले जनाएका छन् ।

सोमालियामा खाद्यान्न लगायतका सहयोग गर्दै आएका निकाय, दाता राष्ट्र तथा राष्ट्रसंघद्धारा शनिबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा सोमालियाको यस्तो अवस्थाका बारेमा जानकारी गराइएको छ ।