ब्रेकिङ स्टोरी

कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले हार व्यहोरेको माधव नेपालको आरोप

By खबरहब

June 05, 2022

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले हार व्यहोरेको आरोप लगाएका छन् ।

मुस्लिम लिग इत्तेहादले काठाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले कांग्रेस पार्टीले सहयोग नगरेका कारण केही स्थानमा आफ्नो पार्टीले हार व्यहोरेको आरोप लगाएका हुन् ।

गठबन्धनका लागि आफ्ना पार्टीका नेताहरु आसावादी भएको भएपनि कांग्रेसले राम्रोसँग भोट नखसालेको आरोप लगाए । आफ्नो पार्टीले जितेको भए कांग्रेसलाई नै फाइदा हुने बताउँदै अध्यक्ष नेपालले कांग्रेसले यो कुरा नबुझेको बताए ।

कार्यक्रममा उनले निर्वाचनमा मुस्लिम इत्तेहाद संगठनले खेलको भूमिकाको प्रशंसा गरे ।