फाइल तस्वीर ।

राजनीति

एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

By खबरहब

July 05, 2022

काठमाडौँ – माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।

गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट विजयी जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको महासचिव बेदुराम भुसालले जानकारी दिएका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केन्द्रीय स्तरमा प्रशिक्षण दिए लगत्तै नेकपा एसले पनि आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो ।